पाल्पाको तल्लो कोलडाँडामा भाेलि ‘साँस्कृतिक सन्ध्या’

पाल्पा | असोज ३०, २०८१

पाल्पाको तल्लो कोलडाँडामा भाेलि ‘साँस्कृतिक सन्ध्या’

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित भाेलि पूर्णिमाको दिन (१ गते बिहीबार) विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

 

स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरिने क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । 

 

अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गर्नेछन् । 

 

उक्त कार्यक्रम सहिद केवल गाहा स्मृति खेलमैदाममा बेलुकी ८ बजे सुरु हुनेछ ।

 

‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना लागेका हाैं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुग्ने विश्वास छ ।’

 

उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमासमेत काम गर्दै आएको छ ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्